शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ग्राण्डी अस्पतालद्धारा हालसम्म दुई हजार मेरुदण्ड विरामीको शल्यक्रिया


  • माउन्टेन खबर
  • बिहिबार, पुस २, २०७७
  • 1.1K
    SHARES

काठमाडौँ, २ पुस । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले दुई हजारभन्दा बढी मेरुदण्ड विरामीको सफलतापूर्वक जटिल शल्यक्रिया सम्पन्न गरेको छ ।

काठमाडौँको टोखामा रहेको उक्त अस्पतालले स्थापनाको आठौँ वर्षसम्म आइपुग्दा मेरुदण्ड बाङ्गो हुने, चोटपटक सङ्क्रमण, ट्युमर, नशा च्यापिनेलगायतका मेरुदण्ड विरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको हो ।

समयमै मेरुदण्ड विरामीको समस्याको पहिचान नभएमा ढाड बाङ्गो हुने तथा नशा च्यापिएर पक्षघात हुने खतरा रहने अस्पतालका डा विनोद विजुच्छेले जानकारी दिनुभयो । “नशा च्यापिने, ढाड दुख्ने समस्या देखिएपनि समयमै शल्यक्रिया गरिहाल्नुपर्ने अवस्था चाँही रहँदैन, फिजियोथेरापी र औषधीका कारणपनि उक्त रोग निको हुन्छ,”–उहाँले भन्नुभयो ।

मेरुदण्डको उपचारका लागि हाल ग्राण्डी अस्पतालमा डा विजुच्छेको नेतृत्वमा डा जावेद अहमद खान, डा रामकृष्ण दाहाल, डा सन्दीप यादव, डा आयुष श्रेष्ठको टिमले काम गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }