सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सन् २०२१ आन्तरिक पर्यटन वर्ष :मन्त्री भट्टराई


  • माउन्टेन खबर
  • शुक्रबार, पुस ३, २०७७
  • 829
    SHARES

काठमाडौं,३ पुस ।  संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ आन्तरिक पर्यटन वर्ष हुने बताउनु भएको छ ।

पर्यटन मन्त्रालयमा भएको एक अन्तरक्रिया कार्यक्रममा  बोल्दै मन्त्री भट्टराईले तत्काल बिदेशी पर्यटक आउने सम्भावना नरहेकोले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाउन तयारी गर्नु पर्ने बताउनु भएको हो । सरकारले आन्तरिक भ्रमण वर्ष भनेर घोषणा नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष हुने भएकाले यसैलाई जोड दिनेगरी सरकारले योजना बनाइरहेको बताउनु भयो । कोरोनाको जोखिम रहेको अवस्थामा विदेशी पर्यटक आइहाल्ने अवस्था नभएकोले स्वास्थ्यका मापदण्ड पुरा गरेर पर्यटन बजारलाई बढाउन ब्यबसायीहरुलाई आग्रह गर्नु भयो ।

एक अर्को प्रसंगमा मन्त्री भट्टराईले अहिले चर्चामा रहेको दुइदिन सार्वजनिक बिदा दिने अवधारणा सहि रहेको दावी गर्नु भएको छ । यस भन्दा अघि लागु भइ असफल भएको चर्चा समय परिस्थिति अनुसार अहिले सहि हुने भन्दै लागु गर्न सकिने बताउनु भयो । कर्मचारी लगायत सबैमा दुई दिनको बिदाले पुनर्ताजगी बनाउने र आन्तरिक पर्यटन समेतलाई टेवा दिनसक्ने भएकोले सरकारले अगाडी सारेको दुईदिन सार्वजनिक बिदा दिने निर्णय सहि हुनसक्ने पनि मन्त्री भट्टराईले बताउनु भयो ।

कार्यक्रममा मन्त्रालयका पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनन्जय रेग्मी, होटल एसोसिएसन नेपालकी अध्यक्ष सृजना राणा र मन्त्रालयका अधिकृत रचना प्रधानले कोभिडले नेपाली पर्यटन र पर्यटन अर्थ ब्यबस्थामा परेको प्रभाव बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)