नयाँदिल्ली ,१० पुस। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको निर्णयपछि नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई भारतले ‘नोट’ गरेको जनाएको छ ।
त्यसैगरी संसद् विघटनलगायतका निर्णयहरु नेपालको आन्तरिक मामिला भएकाले लोकतान्त्रिक विधिअनुसार निर्णय गर्ने अधिकार पनि नेपालकै भएको भारतले बताएको छ ।
बिहीबारको नियमित पत्रकार सम्मेलनमा नेपालको पछिल्लो घटनाक्रममा भारतको के प्रतिक्रिया छ भन्ने सन्चारकर्मीहरुको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले त्यस्तो प्रतिक्रिया दिनुभएको हो।
यो नेपालको आन्तरिक मामिला हो हामीले नेपालको राजनीकि घटनाक्रमलाई नोट गरेका छौं विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भन्नु भयो । लोकतान्त्रिक विधिअनुसार नेपालले नै आवश्यक निर्णय गर्नेछ प्रवक्ता श्रीवास्तवले भन्नु भयो ।
