शुक्रबार, बैशाख २१, २०८१

साहित्य

२०२० मुर्दाबाद !


  • राम लामा अविनाशी , अमेरिका
  • शनिबार, पुस ११, २०७७
  • 2.0K
    SHARES

नयाँ सालको आगमनसँगै

मनमा पलाएका आशाका किरणहरू

२०१९ सम्म लखतरान परेका

थकित शरीरहरू

एक बोतल जीवनजलमा

एक चिम्टी खुसी

केही सफलता अनि

मलिनो बन्दै गएका मुहारलाई

एक झुल्को उझ्यालोका लागि

हार्दिकताका साथ

आदानप्रदान गरिएका

नववर्ष २०२० को शुभकामनाहरू

बिना अर्थका बने ।

उसले आफ्नो आगमन सँगै ल्याएको

अदृश्य उपहारको पोको

फुस्क्यो,   द्रुत गतिमा फैलियो

न छेकवार,  न नियन्त्रण न निर्मूल

धनदौलतका अहङ्कारीहरू

मुन्टो निहुर्याएर झोक्राए

शक्ति देखाउने बम बारुद

पुच्छर लुकाएर बसे

ज्ञान,विज्ञान, प्रविधि अनि भगवान

सबैसबै निकम्मा भए

आफ्ना लागि साँचेका

 अलिकति आशा,  भरोसा

उत्साह अनि उमङ्ग

सबैसबै चकनाचुर भए ।

जो जस्लाई लगिस्

आफ्नो निर्दयीपन देखाइस्

खोक्दै आँफै अस्पातल पुगेकाहरूलाई

भेन्टिलेटरमा फसाइस्

कन्टेनरमा लासैलासकाे खातमाथि फालिदिइस्

न परिवारबाट तिनको विदाई

न सांस्कारिक रीत

न मलामी– न चिता

बस ! अब पुग्यो वर्ष २०२०– अब अति भयो

यो प्राण घातक भाईरसलाई

जसरी ल्याइस्

त्यसरी नै लैजा

 पापी , निर्मम हत्यारा

तँ  २०२० लाई मुर्दावाद !

 

– Avinashi , USA

[email protected]

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }