सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सलमान खानका भाइ सोहेल र अरबाजविरुद्ध कोरोनाको निर्देशन उल्लंघन गरेको आरोपमा एफआईआरदर्ता


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २१, २०७७
  • 687
    SHARES
एजेन्सी।      भारतिय अभिनेता सलमान खानका भाइ सोहेल खान र अरबाज खानलाई कोरोनाको निर्देशन उल्लंघन गरेको आरोप लगाइएको छ। साेही कारण देखाइ अरबाज, सोहेल र सोहेलका छोरा निरवानविरुद्ध एफआईआर दर्ता गरिएकाे छ। अरबाज, सोहेल र उनका छोरा निरवानका लागि मुम्बईको ताज होटलमा क्वारेन्टिनको व्यवस्था मिलाइएको छ।

वास्तवमा सोहेल खान, उनका छोरा निरवान खान र भाई अरबाज खान तीनै जना २५ डिसेम्बरमा युएईबाट मुम्बई आएका थिए। फर्केपछि यी सबै ताज होटेलमा अलग्गै बस्नुपर्थ्यो तर त्यसो बसेनन्। त्यसपछि मुम्बई महानगरपालिका (बीएमसी) ले तीनजनाविरुद्ध ऊजुरी दर्ता गरेको छ।

उनीहरुमा अनुसन्धान गरियो र बयान पनि लिइएको छ। त्यसपश्चात् नियम तोडेको आरोपमा ऊजुरी दर्ता भएको बताइएको छ। महाराष्ट्रमा बेलायत, युरोपेली देश र यूएईबाट आउने सबै यात्रीलाई १४ दिनको इन्स्टिच्युशनल क्वारेन्टिनमा बस्नैपर्ने नियम बनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)