शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ओली पक्षद्वारा सुदूरपश्चिमको संयोजकमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी


  • माउन्टेन खबर
  • बिहिबार, पुस २३, २०७७
  • 862
    SHARES

कामठााडौं,२३ पुस।  । नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षको नेकपाले नेकपा नेता भीम रावललाई कारबाही गरी हटाएको छ । सुदुरपश्चिम प्रदेश कमिटी विस्तार गरेको सो समूहले रावललाई निस्कासन गरेर सो पदमा ओली पक्षमा रहेका पूर्व माओवादी नेता लेखराज भट्टलाई चयन गरेको छ ।

सुदूरपश्चिम प्रदेशको प्रदेश ईञ्चार्ज रहेका भीम रावललाई कारबाहीको सिफारिस गर्दै हटाइएको छ र सो प्रदेश कमिटी विस्तार गरिएको छ। विस्तारित कमिटीको संयोजकमा भट्टलाई सिफारिश गरिएको छ ।

रावल नेकपा प्रचण्ड-नेपाल पक्षमा छन्। उक्त समूहले बुधबार प्रदेश कमिटी विस्तार गरी पाँच सय ५१ सदस्यीय बनाएको छ। सुदुरपश्चिम प्रदेश संयोजकमा ओली पक्षले लेखराज भट्टलाई प्रमुख बनाएको छ। प्रदेश अध्यक्ष भने कर्णबहादुर थापा छन्। थापाकै अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटी विस्तार गरेको हो।

पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा धनगढीमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रमलाई भव्य बनाउने योजनास्वरुप यस्तो निर्णय गरिएको अनुमान गरिएको छ ।

नेकपा पार्टीको खाताबाट पैसा निकालेकोले रावललाई कारवाही सिफारिससमेत गरिएको बताइएको छ। बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेको भनेर भीम रावललाई कारबाही गर्न सिफारिश गरेको बताइएको ओली समूहले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)