आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ग्राण्डीद्वारा ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरु


  • माउन्टेन खबर
  • बुधबार, पुस २९, २०७७
  • 577
    SHARES

काठमाडौँ, २९ पुस । काठमाडौँको टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरु गरेको छ । ग्राण्डीले दाँतमा लागेको चोटपटक चाँडो निको बनाउनका लागि मङ्गलबारदेखि यस विधिबाट उपचार शुरु गरेको हो ।

अस्पतालका रक्तसञ्चार केन्द्रका प्रमुख डा विपीन नेपालले व्यक्तिकै रगत निकालेर ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार गर्दा चाँडो निको हुने भएपछि सो विधि ग्राण्डीले शुरु गरेको जानकारी दिनुभयो । दाँतको शल्यक्रिया गर्दा यस विधिबाट छिटो निको हुने गरेको उहाँको भनाइ छ ।

ग्राण्डीले विसं २०७३ मा आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरी अस्पतालमा हुने शल्यक्रियाका लागि रगत पु¥याउँदै आएको छ । अस्पतालले हरेक हप्ता शनिबार काठमाडौँ,उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानमा रक्तदान कार्यक्रमसमेत आयोजना गर्दै आएको छ ।

अस्पतालले रगत अभावका कारण कोही बिरामीले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले उपत्यकाका विभिन्न सरकारी अस्पतालमा आवश्यक पर्ने रगतसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । ग्राण्डीले आगामी दिनमा प्लाष्टिक सर्जरी र ढिलो निको हुने घाउमा समेत सो विधिमार्फत उपचार गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)