२ माघ, काठमाडौं । एथ्लेटिक बिल्बाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा बिल्बाओले रियल म्याड्रिडलाई २-१ गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
बिल्बाओको जितमा दुवै गोल राउल गार्सियाले गर्नुभएको थियो । उहाँले खेलको १८ मिनेटमा पहिलो गोल गर्नुभएको थियो।
खेलको ३८ मिनेटमा बिल्बाओले पेनाल्टी पायो। लुकास भाज्क्युले बिल्बाओका इनिगो मार्टिनेजलाई लडाएपछि पेनाल्टी दिने निर्णय गरिएको थियो।
पेनाल्टीमा गार्सियाले गोल गर्दै बिल्बाओलाई २-० ले अघि बढाए।
अब उपाधिका लागि बिल्बाओ र बार्सिलोनाबीच प्रतिस्पर्धा हुनेछ। फाइनल आगामी आइतबार हुनेछ।
