सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

माघको अन्तिम साता राष्ट्रव्यापि स्नुकर प्रतियोगिता हुने


  • माउन्टेन खबर
  • आइतवार, माघ ४, २०७७
  • 734
    SHARES

४ माघ, काठमाडौं । माघ अन्तिम साताबाट बोद्ध स्थित अजिमा स्नुकर हाउसमा चक्र लामा–किसन लामा स्मृति राष्ट्रव्यापी स्नुकर प्रतियोगिता हुने भएको छ ।

नेपाल विलियाड्र्स, स्नुकर तथा पुल संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २८ गतेदेखि फागुन २२ गतेसम्म संचालन हुने जानकारी गराएको छ ।
प्रतियोगितामा ५० जिल्लाबाट करिब २ सय ५६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको विजेताले २ लाख ११ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ९१ हजार प्राप्त गर्दा तेस्रोले ३० हजार ५ सय प्राप्त गर्ने छन् । १ सय ४७ ब्रेक गर्नेले १० लाख प्राप्त गर्दा हाईएस्ट ब्रेक गर्नेले २१ हजार ५ सय नगद पाउने छन् भने सेन्चुरी ब्रेक गर्नेले २ लाख १ हजार र बेस्ट प्लेयरले ११ हजार ५ सय पाउने छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)