सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गीता खत्रीद्वारा मखमलीकमल महिला गीतसंगीत पुरस्कारको स्थापना


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ६, २०७७
  • 1.8K
    SHARES

जनवरी १८ अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीकी अध्यक्ष बरिष्ठ साहित्यकार तथा समाजसेवी गीता खत्रीले मखमलीकमल महिला गीतसंगीत पुरस्कारको स्थापना गरेकी छिन् । सो पुरस्कार गीत र सँगीतमा साधनारत नेपाली महिला लाई प्रदान गरिने छ । हरेक २ बर्षमा बितरण गरिने सो पुरस्कारको राशी नेरु २५ हजारको रहने छ । सो पुरस्कार को व्यवस्थापन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर ले गर्ने भएको छ । अमेरिकाको न्युयोर्क निवासी पुरस्कार सँस्थापक गीता खत्रिले आफ्नी आमा मखमली खड्का र बुवा कमलबहादुर खड्काको नाममा सो पुरस्कारको स्थानपना गरेकी छिन् ।

यसपटक देखिनै पुरस्कार दिनको लागि ब्यक्ती छनौटका लागि बिज्ञ समितिको बैठक बस्यो। यस समितिमा बरिष्ठ लोकप्रिय संगीतकार राजु सिंह,संगीतकार कृष्ण गुरूंग तथा वरिष्ठ गीतकार उन्नती बोहरा शीलाको सँगलग्नत रहेको थियो ।बैठकको अध्यक्षता अनेसास नेपाल च्याप्टरकी अध्यक्ष बरिष्ठ साहित्यकार संध्या पहाडीले गरेकी थिईन ।

सो अवसरमा अनेसासका पुर्व केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली, अनेसासका नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र के.सी.,महासचिव ऋृषवदेव घिमिरे, भानु प्रतिष्ठानको अध्यक्ष हरिबोल ढकाल आदिको उपस्थिति रहेको थियो । सो बैठकको सर्वसम्मतले गीतसंगीतमा पाँचदशक देखि सक्रिय योगदान पुर्याउँदै आएकी प्राध्यापक संगीतसाधक प्राज्ञ शकुन्तला प्रधानलाई छनौट गरिएको जानकारी सँस्य्थाकी अध्यक्ष सन्ध्या पहाडीले गराईन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)