सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पिएम कप अन्तर्गत कर्णालीद्वारा गण्डकी ५ विकेटले पराजित


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ६, २०७७
  • 379
    SHARES

६ माघ,काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ।

मंगलबार मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो।

गण्डकीका लागि राहुल उपाध्यायले ५३, अर्जुन कुमालले ४६, कप्तान विपिन खत्रीले ३२, विशाल पौडेलले १५ र दिनेश बुढामगरले १० रन बनाए।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले तीन, अनुज चुनारा र दिवान पुनले दुई–दुई तथा रविन्द्र शाहीले एक विकेट लिए।

२०५ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको कर्णालीले ३६ ओभर ५ बलमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। कर्णालीका लागि हमांशु शाहले ६८, विपिन रावलले ४९, राज शाहले ३२ र हेमन्त वलीले २९ रन बनाए।

बलिङतर्फ गण्डकीका विपिन खत्रीले ४ तथा सुवास भण्डारीले एक विकेट लिएपनि टोलीलाई जिताउन सकेनन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)