स्याण्डी भण्डारी । जनवरी २४ भियना । अष्ट्रियाको भियानाबाट आज नेपाली साहित्यिक र सांगेतिक कार्यक्रम जुम प्रबिधी मार्फत सम्पन्न भयो । इनास र नेसासले सँयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको थियो । करिब ७ बिभिन्न देशका साहित्यकार र संगीतकारहरुको उपस्थिती रहेको उक्त भब्य कार्यक्रममा इनासका संस्थापक सल्लाहकार तथा नेसासका भुतपुर्व अध्यक्ष दीपक मल्लको सभापतित्व रहेको थियो ।
इनासकी अध्यक्ष स्याण्डी भण्डारी र नेसासका अध्यक्ष रमेश खड्काको सँयुक्त सँयोजकत्व रहेको सो कार्यक्रम दुबै जनाले रुपमा सँचालन गरेका थिए । भियना स्थित नेपाल राजादुतावासका प्रतिनिधिको रुपमा उपस्थित त्यहाका सचिव धनन्जय मेहताको प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा नेसासकी उपाध्यक्ष रुकमिणी प्याकुर्याल द्वारा स्वागत मन्तब्य ब्यक्त गरिएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका कोषाध्यक्ष तथा साहित्यकार राम लामा अविनाशी , सुपरस्टार गायक हेमन्त शर्मा , कवी रन्जु गौतम घिमिरे, शम्भु गजुरेल र लोकराज अधिकारी बिशेष अतिथि रहेका थिए । अथितीको रुपमा एन आर एन ए अष्ट्रियाका अध्यक्ष- विनोद चौलागाई, भियन्नाको युनिभरसिटिकी प्राध्यापक डा। अल्का चुडाल, सगरमाथा स्पोस्ट क्लवको अध्यक्ष मानफेर्द र उपाध्यक्ष लक्ष्मण भुजेल रहेका थिए ।
कार्यक्रममा अष्ट्रिया बाहेक अमेरिका, जापान, पोल्यान्ड, जर्मन, फ्रान्स, दुबइ, नेपाल, कुबेत आदि देशका साहित्यकार र संगीतकारहरुको सहभागिता रहेको उक्त भव्य कार्यक्रममा डा अल्का आत्रेय चुडाल, रुद्र चुडाल, म्रिगेन्द्र बराल, सम्झना बोहोरा, कुमार बोहोरा, कुन्जन बोहोरा, आकाश घिमिरे, प्रदीप भण्डारी, शीतल अधिकारी, सुरज थापा,नविन कार्की, रेम्कला खरेल, उत्सव बराल, आयशा खत्री, निहारिका खड्का, प्रभु श्रेष्ठ, रुपक कुमार, प्रकाश राजु खप्तडै बस्नेत, सुरेन्द्र लामा,घनश्याम तिमल्सिना, तुलसी शिवाकोटी,खड्क न्यौपाने, दीपक धिताल, प्रकाश खनाल, सुनिल बोहोरा, विजय खत्री, नन्दु राइ, शिला अधिकारी, मन्जु खडका, डा. उज्जोल गिरि, लगाएत अन्य व्यक्तिहरु द्वारा आ-आफ्नो रचना कसैले पढेर त कसैले गाएर सुनाईएको थियो । सो अवसरमा स-साना बाबुनानीहरुको आ-आफ्नै किसिमको प्रस्तुतिले कार्यक्रमा थप रोचकता थपेको थियो ।
https://www.facebook.com/100043074861291/videos/428266381952520/
प्रतिक्रिया
सम्बन्धित समाचार

