सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिको पहिलो जित


  • माउन्टेन खबर
  • सोमवार, माघ १२, २०७७
  • 779
    SHARES

काठमाडौ्,१२ माघ। चन्द्रपुर नगरपालिका रौतहटले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा सोमबार पहिलो जित निकालेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालमा भएको खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७–१ अन्तरले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।

चन्द्रपुरको जितमा सविता राना मगरले ह्याट्रिक गर्दा  रजनी थोकरले दुई, दिल कुमारी राना मगर र सनिता भोलानले एक–एक गोल गरे । चौदण्डीगढीकी अञ्जन थुलुङले एक गोल फर्काइन् ।

ह्याट्रिक पूरा गरेकी सविताले ५१औं, ६९औं र ७८औं मिनेटमा गोल गरेकी थिइन् । पहिलो हाफ निकै प्रतिस्पर्धामक बनेको थियो । पहिलो हाफमा काउन्टरमा पुगेको चन्द्रपुरले इन्जुरी समयमा मात्र खाता खोलेको थियो । दुई गोल गरेकी दिल कुमारीले पहिलो र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन् । यस्तै रजनी थोकरले ४७ औं र सुनिता भोलानले ८५औं मिनेटमा जाली चुमाउन सफल भएकी थिइन् । यस अघि पहिलो हाफमा चौदण्डीगढीले २३औं मिनेटमा सुरुआती अग्रता बुनेको थियो ।

प्रतियोगितामा मंगलबार विभागीय टोली नेपाल पुलिस क्लब र वालिङ नगरपालिका बीच दिनको पहिलो खेल हुँदा दिनको दोस्रो खेल त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीच हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)