सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पुलिस र वालिङ १ -१ को बराबरीमा रोकियो


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १३, २०७७
  • 413
    SHARES

१३ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफले तेस्रो खेलमा स्पष्ट जित निकाल्दा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिका स्याङसँग बराबरीमा रोकिएको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा भएको खेलमा एपिएफले लगातारका तीन खेलमा स्पष्ट जित निकालेको हो । यस्तै अर्को खेलमा पुलिसले मोफसलको वालिङसँग १–१ को बराबरी खेलेको हो ।

एपिएफले स्पष्ट तेस्रो खेलमा जित निकाल्दा पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । एपिएफका लागि अञ्जली योन्जन र सरु लिम्बुले पहिलो हाफमा गोल गरेका थिए । अञ्जलीले २७औं मिनेटमा पहिलो गोल गर्दा इन्जुरी समयमा सरु लिम्बुले गोल गर्दै टोलीको अग्रता २–० मा पु¥याएकी थिइन् ।

जितसँगै एपिएफको तीन खेलबाट ९ अंक भएको छ । पराजित आर्मीको ४ अंक भएको छ ।

लिग अन्तर्गत मंगलबारकै पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मुख्यालयमा वालिङले लिएको सुरूआती अग्रतालाइ पुलिसले दोस्रो हाफमा बराबरी गर्दै अंक खोसेको हो ।

वालिङका लागि विदेशी खेलाडी मिथो इल्डाइ रूथले ५३ औं मिनेटमा गोल गरेकी थिइन् । पहिलो हाफ गोल रहित बराबरी खेलेका टोलीले दोस्रो हाफमा आक्रामक खेल खेलेका थिए । पछि परेको विभागीय टोलीका लागि रेखा पौडेलले ६५ औं मिनेटमा गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएकी थिइन ।

त्यसपछि दुबै टोलीले स्पष्ट जितका लागि प्रतिस्पर्धा गरे पनि पाएका राम्रा अवसर सदुपयोग गर्न नसक्दा दुबै टोलीले अंक बाँडेका हुन । तीन खेलबाट पुलिसको ५ अंक भएको छ भने वालिङको २ अंक मात्र भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)