सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ब्रोममाथि ५-० को फरकिलो जितसँगै म्यान्चेस्टर सिटी शीर्ष स्थानमा


  • माउन्टेन खबर
  • बुधबार, माघ १४, २०७७
  • 511
    SHARES

१४ माघ, काठमाडौं । इङ्लिग प्रिमियर लिगअन्तर्गत हिजो भएको खेलमा वेस्ट ब्रोममाथि गोलको वर्षा गर्दै म्यान्चेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार ५–० को फराकिलो जीत हासिल गर्दै सिटीले म्यान्चेस्टर युनाइटेडलाई उछिन्दै शीर्ष स्थानमा कब्जा जमाउन सफल भएको हो ।

सिटीको जीतमा इल्के गुन्डोगानले दुई, जोआओ क्यान्सेलो, रियाद महारेज र राहिम स्टर्लिङले एक–एक गोल गरे । जीतसँगै सिटी यो सिजन पहिलोपटक शीर्ष स्थानमा पुगेको छ ।

लगातार सात जीत हासिल गरेपछि १९ खेलबाट सिटीको ४१ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको युनाइटेडको ४० अंक रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)