सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भरतपुर महानगरपालिकाद्वारा ‘धुर्मुस सुन्तली’ फाउन्डेसनलाई ४ करोड सहयोग


  • माउन्टेन खबर
  • बुधबार, माघ १४, २०७७
  • 1.7K
    SHARES

१४ माघ, चितवन । भरतपुर महानगरपालिका २० मा निर्माणधिन गौतम बुद्ध रंगशाला निर्माणका लागि महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेसनलाई थप ४ करोड रुपैँया सहयोग गरेको छ।

रंगाशाला निर्माणका लागि बुधबार महानगर कार्यालयमा मेयर रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई चार करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

महानगर प्रमुख दाहालले महानगरको आन्तरिक स्रोतबाट रंगशाला निर्माण कार्यका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई पटकपटक गरी पहिले चार करोड र अहिले थप चार करोड रुपैयाँ दिइएको बताउनुभएको छ।

चेक हस्तान्तरणको अवसरमा भरतपुर महानगर प्रमुख रेनु दाहालसँगै उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत जोशीले भरतपुर महानगरपालिकाको गौरवको आयोजनाको रुपमा लिइएको रंगशाला निजी क्षेत्रको समेत सहयोगमा निर्माण सम्पन्न गरिने बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)