मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भल्कानोलाई हराउँदै बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा


  • माउन्टेन खबर
  • बिहिबार, माघ १५, २०७७
  • 351
    SHARES

१५ माघ, काठमाडौं । लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले बुधबार रायो भाल्कानोलाई २–१ ले हराएर बुधबार कोपा डेल रेको क्वार्टरफाइनल यात्रा तय गरेको छ । स्पेनी दोस्रो डिभिजनको रायोले फ्रान गार्सियाको गोलमा अग्रता लिएको थियो ।

त्यसपछि दुई खेलको प्रतिबन्धपछि मैदान छिरेका मेसीले बराबरी गोल गरे । फ्रेन्क डे जङले निर्णायक गोल गरे । त्यसका लागि मेसीले नै अवसर सिर्जना गरिदिएका थिए ।

कोपा डेल रेबाट यसअघि नै रियल म्याड्रिड र एटलेटिको म्याड्रिड बाहिरिसकेका हुनाले बार्सिलोनालाई उपाधिको बलियो दाबेदार मानिएको छ । बार्सिलोनाले यो प्रतियोगिता ३० पल्ट जितेर कीर्तिमान कायम गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)