सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भलिबल अवार्ड


  • माउन्टेन खबर
  • आइतवार, माघ १८, २०७७
  • 885
    SHARES

काठमाडौं,१८ माघ।   राष्ट्रिय भलिबल टिमका कप्तान ईम राना मगर र महिला राष्ट्रिय टोलीकी स्पाईकर प्रतिभा मालीले मनोरन्जन रमण शर्मा अवार्ड प्राप्त गरेका छन् ।

नेपाल भलिबल संघका अध्यक्ष समेत रहेका मनोरन्जन रमण शर्माले स्थापना गरेको अवार्ड कार्यक्रममा नेपाल भलिबल संघले पुरुषतर्फ ईम र महिलातर्फ प्रतिभालाई प्रदान गरेको हो ।

नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा गरेको प्रदर्शन नेपाली भलिबललाई गरेको योगदानको आधारमा पुरुष टोलीका कप्तान ईम र महिला टोलीकी स्पाईक प्रतिभालाई सम्मान गरिएको हो । इम नेपाल पुलिस क्लबका कप्तान समेत हुन भने प्रतिभा न्यु डाईमण्ड एकेडेमीको प्रतिनिधित्व गरिरहेकी छिन् ।

अवार्डबाट सम्मानित इम र प्रतिभाले जनही ३५ हजार रुपैयाँ हात पारे । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले प्रदान गरे । सम्मानित भएपछि दुवै जनाले आँउदै गरेका पिढिका लागि यस्तो अवार्डले खेल्न प्रेरणा मिल्ने बताए ।

भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिएपछि संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले १० लाखको अक्षय कोष स्थापना गरेका थिए । सोही कोषबाट आएको ब्याज रकमलाई शर्माले अवार्डको नाममा एक पुरुष र एक महिला खेलाडीलाई प्रदान गर्दै आईरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)