सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टेबल टेनिस एकेडेमी सञ्चालन


  • माउन्टेन खबर
  • सोमवार, माघ १९, २०७७
  • 1.5K
    SHARES

काठमाडौं, १९ माघ। आठ पटककी राष्ट्रिय च्याम्पियन टेबल टेनिसकी नविता श्रेष्ठले टेबलटेनिस एकेडेमी सञ्चालनमा ल्याउनुभएको छ ।
‘स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी’ नाम दिइएको एकेडेमीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले एकेडेमीको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । टेबल टेनिसबाट खेल जीवन सुरुआत गर्न चाहनेका लागि लक्षित गरी एकेडेमी सञ्चालनमा ल्याइएको एकेडेमीमा प्रतियोगिता समेत खेलाउन सकिने नविताले बताउनुभयो । देशै भरीबाट सम्भावना बोकेका खेलाडीलाई अवसर दिने लक्ष्य रहेको पनि नविताको भनाई छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सञ्चालनमा ल्याउन लागिएको एकेडेमीको कुल लागत ३५ लाख रुपैयाँ रहेको छ । ६ वटा टेबलटेनिस बोर्ड राखिएको एकेडेमीमा सञ्चालनमा आएसँगै ११ खेलाडी आबद्ध भईसकेका छन् । एकेडेमीको उद्घाटनमा पुगेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारी र निजी क्षेत्रबाट खेलकुदमा लगानी गरेर अगाडि बढेमा खेलकुद क्षेत्रले फड्को मार्ने बताउनुभयो ।

यस्तै संघका अध्यक्ष चतुरानन्द वैद्यले एकडेमीले खेलाडी उत्पादन तथा खेलाडीको अभ्यासका लागि सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । नेपालको नम्बर एक महिला खेलाडी नविता लगातार आठ पटक राष्ट्रिय च्याम्पियन बन्दै कीर्तिमान बनाउने खेलाडी हुनहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)