सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चैत मसान्तभित्र मेयर कप क्रिकेट प्रतियोगिता आयोजना हुने


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २०, २०७७
  • 732
    SHARES

काठमाडौं, २० माघ । चैत मसान्तभित्र प्रतियोगिता आयोजना सम्पन्न गर्ने गरि नेपाल क्रिकेट संघ र काठमाडौं महानगरपालिका बीच मेयर कप–२०७७ गर्नका लागि मंगलबार सम्झौता भएको छ ।

काठमाडौंको सभागृहमा भएको कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा सम्झौता गरेका हुन । सम्झौता अनुसार महानगरपालिकाले आयोजक नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्ने छ ।

सम्झौता पछि बोल्दै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले महानगरपालिकाको सहयोग सुरुआत भएको र यस्ता प्रतियोगिताले खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउन अभ्यास हुने बताए ।

सम्झौता अनुसार महानगरपालिकाले क्यानलाई पहिलो किस्ता अनुसार ६० प्रतिशत रकम उपलब्ध गराउनेछ भने प्रतियोगिता सम्पन्न भइसकेकी पछि ४० प्रतिशत उपलब्ध गराउनेछ । एक दिववसीय संरचनामा हुने प्रतियोगिता कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)