काठमाडौं, २२ माघ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ (एक सय बलको) क्रिकेट प्रतियोगिता खेल्नुहुने भएको छ ।
सन्दीपलाई फ्रेन्चाइज टोली ओभल इन्भीनसिभल्सले रिटेन गरेसँगै उहाँले खेल्ने पक्का भएको हो ।
गत वर्ष ड्राफ्टमा सन्दीपलाई ओभल इन्भिन्सिबल्स १ लाख पाउन्ड (१ करोड ५० लाख) रुपैयाँमा टोलीमा आबद्ध गरेको थियो । तर कोरोना सक्रमणको महामारीका कारण सो प्रतियोगिता हुन सकेको थिएन ।
१ सय बलको नयाँ शैलीको प्रतियोगितामा आठ टोली समावेश हुने छन् । प्रतियोगितामा सबै टोली इंग्ल्यान्ड क्रिकेट बोर्डको स्वामित्वमा हुनेछ ।
अष्ट्रेलियामा भएको बीगबास लिग खेलेर सन्दीप यसै साता नेपाल फर्किसक्नुभएको छ ।
