सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अनेसास एसिया समिति गठन


  • समाचारदाता बोस्टन, अमेरिका
  • शुक्रबार, माघ २३, २०७७
  • 1.1K
    SHARES

 

बोस्टन, अमेरिका,२३ माघ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र र क्षेत्रीय च्याप्टरहरू बिच सुमधुर सम्बन्ध स्थापनागर्दै नेपाली भाषा र साहित्यको प्रवर्धन गर्ने उदेश्यले अनेसास एसिया समिति गठन भएको छ ।

केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजनमा गठित उक्त समितिको सहसंयोजक- लतिका जोशी सिलगुढी , सचिव – गिरिजा गैरे- जापान ,सह-सचिव – लक्ष्मी भट्टराई अनुरागी- इजरायल र कोषाध्यक्ष; सीताराम थापा-कतार रहेका छन् ।

यसैगरी सदस्यहरूमा प्रमोद सारंग- कोरिया, डा. गुनु घर्ती किङ्-मिजोरम, चन्द्रप्रकाश गिरी-सिक्किम, भविन लिम्वु-हङकङ, हिमाल अञ्जान-कुवेत,नमराज लामिछाने- साउदी रहेका छन् ।

समितिले निकट भविष्यमानै एसिया क्षेत्रका अनेसास च्याप्टरहरूसँग आवद्द साहित्यकारलाई समटेर साहित्यिक कार्यक्रम गर्ने भएको छ । संसारभरका पाँचवटै महादेशमा अनेसासको क्षेत्रीय समिति गठन गर्ने अवधारणा अनुरूप गठित यो दोस्रो समिति हो ।

यसअघि अमेरिकामा उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजनमा गठित अनेसास उत्तर अमेरिका समितिले साहित्यिक भेटघाट सुरु गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)