बाग्लुङ २४ माघ । बागलुङको निसीखोला गाउँपालिका वडा नं. ३ धारखर्कमा गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन् । आगलागीका कारण स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले बताउनुभयो ।
बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि आगलागी भएको पीडित विकले जानकारी दिनुभयो । आगलागीले गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीका कारण बाख्रासँगै ६ कुखुरासहित गोठमा भएको घाँसपात र दाउरा पनि जलेको पीडित विकले बताउनुभयो ।