बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गोठमा आगलागी हुँदा २५ बाख्रा जले


  • माउन्टेन खबर
  • शनिबार, माघ २४, २०७७
  • 1.3K
    SHARES

बाग्लुङ २४ माघ । बागलुङको निसीखोला गाउँपालिका वडा नं. ३ धारखर्कमा गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन् । आगलागीका कारण स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले बताउनुभयो ।
बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि आगलागी भएको पीडित विकले जानकारी दिनुभयो । आगलागीले गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीका कारण बाख्रासँगै ६ कुखुरासहित गोठमा भएको घाँसपात र दाउरा पनि जलेको पीडित विकले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)