२८ माघ, काठमाडौं । भारतको केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डले कोक, पेप्सी र बिसलेरीमाथि करिब ७२ करोड भारुको भारी जरिवाना लगाएको छ । यो जरिवाना प्लास्टिकको फोहोरको डिस्पोजल र कलेक्सनको जानकारी सरकारी बोर्डलाई नदिएको भन्दै लगाइएको हो ।
बिसलेरीमाथि १०.७५ करोड भारु, पेप्सिको इन्डियामाथि ८.७ करोड र कोका कोलामाथि ५०.६६ करोड भारु जरिवाना लगाइएको हो ।
त्यस्तै रामदेवको पलञ्जलीमाथि पनि १ करोड भारुको जरिवाना लगाइएको छ । अर्को एउटा कम्पनीमाथि ८५.९ लाख रुपैयाँ जरिवाना लगाइएको छ । बोर्डले १५ दिनभित्र जरिवाना रकम चुक्ता गर्न आदेश लिएको छ । प्लास्टिकको फाहोरको मामिलामा एक्सटेन्डेड प्रोड्युसर रिस्पन्सबिलिटी एउटा नीतिगत मापदण्ड हो जसको आधारमा प्लास्टिकको निर्माण गर्ने कम्पनीले उत्पादनको डिस्पोजलको जिम्मेवारी लिनुपर्ने हुन्छ ।
