सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फिफा क्लब वर्ल्डकपको उपाधी बायर्नलाई


  • माउन्टेन खबर
  • शुक्रबार, माघ ३०, २०७७
  • 400
    SHARES

दोहा ,३० माघ। बिहीबार बायर्न म्युनिकले टाइग्रेसलाई हराएर फिफा क्लब वर्ल्डकप जितेको छ । बेन्जामिन पभार्डले गरेको एक मात्र गोलमा बायर्नले जित हाँसिल गरेका हो । बायर्न अब यूईएफएकप, जर्मन सुपरकपसँगै नयाँ क्लब विश्व च्याम्पियन पनि भएको छ । यसअघि उसले जर्मन लिग र कपसँगै च्याम्पियन्स लिग पनि जितेको थियो ।

रोबर्ट लेवनडोस्की अफसाइडमा रहेको भन्दै सुरुमा पभार्डको गोलले मान्यता पाएको थिएन । तर पछि त्यसलाई ‘भार’ ले उल्ट्याएको थियो । यसअघि जोसुआ किमिचको गोललाई भने ‘भार’ ले मान्यता दिएको थिएन ।

गत सिजन लिभरपुलले यो उपाधि जितेको थियो । आठ वर्षयता लगातार युरोपकै क्लबले फिफा वर्ल्डकप जित्दै आएका छन् । मेक्सिकोको टाइग्रेस भने फाइनल पुग्ने पहिलो उत्तर तथा मध्य अमेरिकाी टिम बन्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)