सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल पुलिस क्लबको सहज जित


  • माउन्टेन खबर
  • शुक्रबार, माघ ३०, २०७७
  • 738
    SHARES

काठमाडौं ,३० माघ। रौतहटको चन्द्रपुर नगरपालिकालाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा सहज जित निकालेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा शुक्रबार सम्पन्न खेलमा पुलिसले मोफसलको टोली चन्द्रपुरलाई ३–० ले हराएको हो ।

पहिलो हाफमा १–० को अग्रता लिएको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निश्चित गरेको हो । र्सिजना खड्काले पहिलो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।

प्रतिस्पर्धात्मक जस्तो देखिएको खेलमा पुलिसलाई जित दिलाउनका लागि ५४औं मिेनटमा निर्मला बिकले टोलीका लागि दोस्रो गोल गर्दा ८५औं मिनेटमा दोस्रो हाफमा मैदान प्रवेश गरेकी रेखा पौडेलले गोल गर्दै जित निश्चित गरिन् ।

जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको वालिङसँग अंक बराबरी गरेको छ । चौंथो स्थानमा रहेको पुलिसले ९ खेलबाट १४ अंक जोडेको छ । प्रतियोगितामा शनिबार दुई खेल हुनेछ ।

वालिङ नगरपालिका स्याङ्जा र विभागीय टोली एपिएफबीच प्रतिस्पर्धा हुँदा दिनको दोस्रो खेल विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका उदयपुरबीच खेल हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)