सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जिल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी जुरेढुङ्गा युवा समाजलाई


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन १, २०७७
  • 798
    SHARES

आशिष लामा,  रसुवा, १ फागुन

जिल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी जुरेढुङ्गा युवा समाज भलिबल टिमले पाएको छ । सोनाम ल्होसारको अवसरमा रसुवाको नौकुण्ड गाउँपालिका १ आरुखर्कमा, जुरेढुङ्गा युवा समाजले आयोजना गरेको प्रतियोगितामा आयोजक भलिबल टिमको पहिलो भएको हो ।

द्धितिय सात धारा युवा समाज र तृतीय जुनतारा युवा समाजले जितेका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमश, नगद १ लाख , ५० हजार, २५ हजार र १० हजार सहित प्रमाणपत्र, कप र मेडलले पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।
माघ २५ देखि माघ ३० गते सम्म नक आउटको आधारमा संचालन भएको प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो ।

त्यसैगरि, २८५७ औं सोनम ल्होसार र ल्होछारको अवसरमा आरुखर्क जुरे ढुङ्गा यूवा समाजले भलिबल प्रतियोगिताका साथै साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरेको थियो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय मोहन आचार्य, बागमती प्रदेश सभा सदस्य प्रेम तामाङ, नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बुसाङ्बो घले, उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्साल, आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङ र वडा अध्यक्षहरु लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य मोहन आचार्यले आगामी दिनमा खेलकुदको क्षेत्रमा गाउँमा मात्र नभई राष्ट्रिय स्तरसम्म खेल खेल्न र प्रतिष्पर्धामा सक्ने सहयोग गर्ने बताए । खेल क्षेत्र मात्र नभएर सडक, खानेपानीको क्षेत्रमा पनि पहुँच मार्गसम्म प्रत्यक्ष जनतालाई जोड्ने कार्य गर्ने वचनवद्दता समेत गरे ।

कार्यक्रममा स्थानीय कलाकार, लामा, झाक्रिका साथै मेन्दोमाया गायक सुमन घले, गायिका बेनिसा पाख्रिन र मोडल वर्षा थिङको बेजोड प्रस्तुति थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)