सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महिला भलिवलको उपाधी पुलिस क्लबलाई


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन १, २०७७
  • 879
    SHARES

कास्की, १ फागुन । पोखरामा सम्पन्न टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले हात पर्दा पुरुष तर्फको खेलमा भने गण्डकी प्रदेश विजयी भएको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा बलियो प्रतिद्वन्द्वी एपिएफलाई पुलिसले सोझो सेटमा हराउँदै उपाधि उचालेको हो । पुलिसले डर्बी क्लब एपिएफलाई २५–२२, २५–२२ र २५–२१ को सेटमा हराउन सफल भएको हो । सम्पन्न प्रतियोगितामा पुलिसले एपिएफलाई दोस्रो भेटमा जित निकाल्दै च्याम्पियन बनेको हो । यसअघि लिग चरणको भेटमा पनि पुलिस ३–० ले नै विजयी भएको थियो ।

यससँगै पुलिसले एपिएफलाई हराएर लगातार दोस्रो उपाधि जितेको हो । गत वर्ष पीएम कप भलिबलमा एपीएफलाई नै हराएर पुलिसले उपाधि जितेको थियो । उपाधिसँगै पुलिसले १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ७५ हजारमा चित्त बुझायो ।

प्रतियोगिता अन्तर्गत शनिबारै सम्पन्न पुरुष तर्फको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै स्थानीय टोली गण्डकी च्याम्पियन बनेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा गण्डकीले पहिलो सेट २५–२२ ले जितेको थियो । तर दोस्रो सेटमा आर्मी २५–२१ ले विजयी हुँद दुबै टोलीले एक एक सेटमा जित निकालेका थिए । तेस्रो सेटमा गण्डकीले ३२–३० को जित निकाल्दै २–१ को अग्रता लिन सफल भएको थियो । तर, चौंथो सेट आर्मीले २५–२३ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौं सेटमा १५–११ को जित निकाल्दै गण्डकीले उपाधि आफ्नो बनायो । आर्मीले उपाधिसँगै गण्डकीले नगद १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेतामा सिमित आर्मीले ७५ हजारमा चित्त बुझायो ।

प्रतियोगितामा महिला तर्फ नेपाली पुलिसकी उषा भण्डारी र पुरुष तर्फ गण्डकी प्रदेशका घनश्याम चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । महिला तर्फ न्यु डायमन्डकी प्रतिभा माली उत्कृष्ट सर्भर बन्दा पुलिसकी कमला पुन उत्कृष्ट सेटर, एपिएफकी हिरा केसी उत्कृष्ट ब्लकर, पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट डिफेण्डर र एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाईकर र उत्कृष्ट प्रशिक्षक पुलिसका रुपेश विष्ट चुनिए ।

पुरुष तर्फ विधागत रुपमा बेष्ट ब्लकर हरि अधिकारी (आर्मी), बेष्ट सर्भर शरणसामरी क्षत्री (आर्मी) स्पाईकर धनबहादुर भट्ट (आर्मी) बेष्ट सेटर सुजन चोख्याल (गण्डकी प्रदेश), बेष्ट डिफेण्डर राजन दर्लामी मगर (गण्डकी प्रदेश), बेष्ट प्रशिक्षक रमेश केसी (गण्डकी प्रदेश) भए । उनीहरुले नगद ५÷५ हजार तथा ट्रफी प्राप्त गरे ।

यस्तै महिला लिग सावित्रा भण्डारीले ह्याट्रिक सहित ५ गोल गरेपछि साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई शनिबार पनि कायम राखेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफले वालिङ नगरापलिाकालाई ६–० ले हराउँदा सावित्राले ५ गोल गर्दा प्रिति राईले एक गोल गरिन् ।

अपराजित टोली एपिएफले मोफसल मध्येको बलियो टिम वालिङविरुद्ध सातौं मिनेटमा सावित्राको गोलबाट अग्रता बनाएको थियो । खेलको १६ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा २० औं मिनेटमा सावित्राले ह्याट्रिक पुरा गरेकी थिइन् । उनको ह्याट्रिक पछि एपिएफका इन्जुरी समयमा प्रितीले गोल गरेपछि पहिलो हाफमा एपीएफ ४–० ले अघि रहेको थियो ।

दोस्रो हाफमा एपीएफले थप दुई गोल थपेको थियो । खेलको ६४ औं मिनेटमा सावित्राले व्यक्तिगत चौंथो थपेपछि इन्जुरी समयमा पाँचौ गोल गर्दै एपीएफलाई ६–० को सहज जित दिलाउन सफल भएकी थिइन् । स्पष्ट जित निकालेको एपिएफले यसँ सँगै जारी लिगमा लगातार नवौं जित निकालेको छ । लिग अन्तर्गत पहिलो लेगको खेलमा एपीएफले वालिङलाई ३–० ले हराएको थियो । जितसँगै एपीएफले तालिकामा ९ खेलमा २७ अंक जोडेको छ । एपिएफ शीर्ष स्थानमा छ । वालिङ ९ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

लिग अन्तर्गत शनिबारै सम्पन्न दिनको दोस्रो खेलमा तालिकामा अंकको खोजीमा रहेको चौदण्डीगढी विराटनगर महानगरपालिकासँग पराजित भएको छ । सुरुआती अग्रता लिएको चौदण्डीगढीले कायम राख्न नसक्दा विराटनगरले दोस्रो हाफमा जित निकालेको हो । चौदण्डीकी मनिता तामाङले आठौं मिनेटमा गोल गर्दै चौदण्डीलाई अग्रता दिलाएकी थिइन । तर, खेलको १५ औं मिनेटमा पार्वती घलेले गोल गर्दै विराटनगरलाई १–१ गोलको बराबरीमा ल्याउँदा ८६ औं मिनेटमा पार्वतीले व्यक्तिगत दोस्रो गोल विराटनगरको जित सुनिश्चित गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)