सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दुई फ्याक -लघुकथा


  • -खेमराज पोखरेल ,सान एण्टोनियो, अमेरिका
  • आइतवार, फाल्गुन २, २०७७
  • 1.3K
    SHARES

दुई फ्याक

हाम्रो जम्मा ५ जनाको परिवार थियो । म, मेरी बुढी, छोरो, बुहारी र नाति । हाम्रो कुरा भने मिल्न छोड्यो । छोरा बुहारी बाउँठिए । उनीहरू अलग्ग बस्नका लागि पृष्टभूमि बनाउँदै थिए । म कुरा बुझ्दै थिएँ । तर मेरी बुढी कुनै हालतमा उनीहरूलाई अलग हुन दिने पक्षमा थिइनन् ।

छोरा र बुहारी छिर्के लाउँदै थिए । भनाभनको अवस्था सकिएको थियो । छोरो अंश माग्थ्यो । म ‘दिऊँ’ भन्थेँ । बूढी कसैगरे मान्दिन थिइन् । ‘एउटै त छोरा हो, के अंश दिनु त्यसलाई । हामी मरेपछि सबै त्यसकै त हो नि’ भन्थिन् बूढी ।

छोरा बुहारी रिसाएर कोठा भाडामा लिएर बसे ।‘एक आध महिनापछि रिस मर्छ अनि आइहाल्छ नि’ भन्थिन् बूढी ।

तर छोराले अंशमुद्दा हालेछ । फैसला हुने दिन थियो । न्यायाधीशले हामीलाई सोधे – तपाईँहरूको सारा सम्पत्ति दुई फ्याक पारि दिनुपर्छ मैले । के भन्नु हुन्छ ?
मेरी बूढीले मलाई अचम्म पार्दै भनिन् – सही फैसला हुने भयो श्रीमान् । मलाई मञ्जुर छ । तर तपाईँले मेरो एउटा काम गरिदिनु पर्छ ।

न्यायाधीश बोले – के काम ? मेरी बूढियाले छोरोलाई देखाउँदै भनिन् – यो छोरो मेरो मुटुको एउटा नछुट्टिने खण्ड हो । मेरो यो दुख्ने मुटुलाई पनि दुई फ्याक पारिदिनु । एक टुक्रा उसैलाई दिनु । न हरहर न कचकच ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)