सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

औवामेयाङको ह्याट्रिकमा आर्सनल बिजयी


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन ३, २०७७
  • 521
    SHARES

३ फागुन, काठमाडौं । पिएरे एमरिक औवामेयाङको ह्याट्रिकमा प्रेरित आर्सनलले प्रिमियर लिगमा लिड्स युनाइटेडलाई ४-२ ले पराजित गरेको छ । घरेलु मैदान एमरिट्स स्टेडियममा भएको खेलमा लण्डन क्लबले पहिलो हाफमै ३ गोल गरेको थियो ।

औवामेयाङले खेलको १३औं र ४१औं मिनेटमा गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तयतिर हक्टर बेलेरिनले गोल गर्दै आर्सनललाई ३-० को अग्रता दिलाए । ४७औं मिनेटमा औवामेयाङले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा आर्सनलले ४-० को अग्रता बनायो ।

लिड्सका लागि पास्कल स्टुजिकले ५८औं र हेल्डर कोस्टाले ६९औं मिनेटमा गोल फर्काए ।

जितपछि २४ खेलबाट ३४ अंक जोड्दै आर्सनल १०औं स्थानमा उक्लेको छ भने २३ खेलबाट ३२ अंकसहित लिड्स ११औं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)