सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चन्द्रपुर नगरपालिको तेस्रो जित


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ४, २०७७
  • 351
    SHARES
काठमाडौं, ४ फागुन।  रौतहटको चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हराउँदै राष्ट्रिय महिला लिग फुटबलमा मंगलबार तेस्रो जित निकालेको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा चन्द्रपुरलाई जित दिलाउन रजनी थोकर र दिल कुमारी रानाले एक÷एक गोल गरे । जारी लिगमा कमजोर मानिएको चौदण्डीकी मनिता तामाङले एक गोल फर्काईन ।
प्रतिस्पर्धात्मक बनेको खेलमा रजनी थोकरले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।
६७औं मिनेटमा दिलकुमारी राना मगरले गोल गर्दै चन्द्रपुरको अग्रता दोब्बर बनाउँदा त्यसको अर्को मिनेटमा चौदण्डीगढीकी मनिता तामाङले गोल गर्दै अग्रता घटाउने प्रयास गरिन ।
 बाँकी समयमा खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन र चौदण्डीगढीले नतिजा सुम्पिन बाध्य बन्यो ।
जितसँगै चन्द्रपुरले ११ खेलमा ९ अंक जोडेको छ । लिगमा तेस्रो जित निकालेको चन्द्रपुर छैटौं स्थानमा रहेको छ । उता अंकको खाता खोल्न असफल चौदण्डीगढीको यो लगातार ११ औं हार हो । अब चौदण्डीगढीको लिगमा एक मात्र खेल बाँकी रहेको छ । चौदण्डीगढी अंक विहीन रहदै पुछारमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)