सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पोर्टोसँग युभेन्ट्स २–१ गोल अन्तरले पराजित


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ६, २०७७
  • 453
    SHARES

६ फागुन, काठमाडौं । युभेन्ट्स च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ । बुधबार राति भएको पहिलो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग युभेन्ट्स २–१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा पोर्टोलाई जित दिलाउन मेहेदी तारेमी र मौसा मारेगाले एक एक गोल गरे ।

उता, युभेन्ट्सका फेड्रिको चिसाले एक गोल फर्काए । खेलको पहिलो मिनेटमा तारेमीले गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ।
४६ औं मिनेटमा मौसाले गोल गरेपछि घरेलु टिमले २–० को अग्रता बनायो ।

८२ औं मिनेटमा युभेन्ट्सका फेड्रिकोले एक गोल फर्काए पनि पोर्टो २–१ ले विजयी भयो । दुई टोलीबीचको दोस्रो लेग मार्च ९ मा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)