सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय महिला लिग: पुलिसको तेश्रो स्थान पक्का


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन ७, २०७७
  • 503
    SHARES

७ फागुन, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब राष्ट्रिय महिला लिगमा तेस्रो भएको छ । शुक्रवार भएको आफ्नो अन्तिम खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०-० को फराकिलो अन्तरले पराजित गर्दै पुलिसले तेस्रो स्थान पक्का गरेको हो ।

१२ खेलबाट पुलिसले १८ अंक जोड्यो । चौदण्डीगढीले भने सबै १२ खेलमै हार व्यहोर्‍यो । यसअघि नै एपीएफले उपाधि पक्का गरिसक्दा आर्मी दोस्रो बनिसकेको छ । एपीएफ र आर्मीबीच शुक्रवारै लिगको अन्तिम खेल हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसलाई जित दिलाउन निरु थापाले ह्याट्रिकसहित चार गोल गरिन् । यस्तै निर्मला विकले ह्याट्रिक गरिन् । सुनकली राई र अमृता जैसीले एक गोल गरिन् । एक गोल उदयपुरका खेलाडीले आत्मघाती गरेका थिए । निरुले खेलको तेस्रो छैटौं र ११औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । उनले २८औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् । यस्तै निर्मला विकले ३६औं, पहिलो हाफको इन्जुरी टाइम र ८६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

यस्तै ६१औं मिनेटमा सुनकला राईले गोल गरिन् । ३०औं मिनेटमा चौदण्डीगढीकी सुजाता राईले आत्मघाती गोल गरेकी थिइन् । अमृता जैसीले इन्जुरी टाइममा गोल गरिन् ।

पहिलो चरणमा पुलिसले चौदण्डीगढीलाई ६-० ले पराजित गरेको थियो ।

१२ खेलबाट ५ जित, ३ बराबरी र ४ हारसहित १८ अंक जोडेको पुलिसले वालिङ नगरपालिका र विराटनगर महानगरपालिकालाई पछि पारेको हो । १७ अंकसहित वालिङ चौथो र विराटनगर १६ अंकसहित पाँचौ भएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)