सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अस्ट्रेलियन ओपन

जोकोभिच र मेडभेडेभबीच फाइनल तय ,फाइनल खेल आइतबार


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन ८, २०७७
  • 627
    SHARES

मेलबोर्नः यस वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितातर्फ पुरुष एकलको फाइनल खेल विश्व नम्बर १ नोभाक जोकोभिच र तेस्रो वरियाताका डानी मेडेभेडेभबीच हुने भएको छ ।

फाइनल खेल आइतबार हुनेछ ।

अस्ट्रेलियन ओपनमा जोकोभिजको यो लगातार तेस्रो प्रवेश हो । उनले सेमिफाइनलमा रुसी खेलाडी अस्लान कारात्सेभलाई लगातार तीन सेटमा पराजित गरेका थिए । उनले कारात्सेभलाई १ घण्टा ५३ मिनेट खेल्दै ६–३, ६–४ र ६–२ ले पराजित गरे ।

शुक्रबार सम्पन्न अर्को सेमिफाइनलमा रुसी खेलाडी मेडभेडेभले ग्रिसेली स्टिफानोस चिचिपासलाई लगातार ३ सेटमा पराजित गरे । मेडभेडेभले चिचिपासलाई ६–४, ६–२ र ७–५ सेटले पराजित गरेका थिए ।

यो प्रतियोगिता जिते जोकोभिचको १७औं ग्रान्डस्लाम उपाधि हुनेछ । समकालीन खेलाडीहरु राफेल नाडाल र रोजर फेडररले समान २०–२० वटा ग्रान्डस्लाम जितिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)