सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

डेढ महिनामा भारतमा २४ पटक बढ्यो पेट्रोलियम पदार्थको भाउ


  • एजेन्सी
  • शनिबार, फाल्गुन ८, २०७७
  • 1.4K
    SHARES

न्यूदिल्ली, ८ फागुन । भारतमा पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको भाउ बढेको छ । यसले गर्दा उपभोक्तालाई पुनः मूल्यवृद्धिले पिरल्न थालेको छ । सन २०२१ सुरु भएपछिको डेढ महिनामा मात्र भारतमा पेट्रोलिय पदार्थको भाउ २४ पटक बढेको द इकोनोमिक टाइमले जानकारी दिएको छ ।

फेब्रुअरी ९ यता १२ दिनमा पेट्रोल लिटरको ३.६३ र डिजल ३.८४ भारु बढेको छ । शनिबार मात्रै  भारतमा पेट्रोल र डिजलको भाउ लिटरमा ४० पैसा भारु बढेको छ । शनिबार राजधानी दिल्लीमा मात्रै पेट्रोल लिटरमा ३९ र डिजलमा ३७ पैसाले बढेको छ । नयाँ मूल्य समायोजनपछि दिल्लीमा पेट्रोलको भाउ लिटरको ९०.५८ र डिजलको ८०.९७ भारु पुगेको द इकोनोमिक टाइमले जनाएको छ ।

महाराष्ट्र, मध्यप्रदेश र राजस्थानलागयत धेरै शहरहरुमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०० रुपैयाँ पुगेको छ । फरक करका दरले गर्दा प्रदेशपिच्छे इन्धनको भाउमा लिटरमा ३५ देखि ५० पैसा भारु फरक हुने गरेको छ । मुम्बइमा पेट्रोलको भाउ लिटरमा ३ रुपैयाँ बढेर १०० भारु पुगेको छ ।

यस्तै डिजलको पनि भाउ ८८ बाट ९० भारु पुगेको छ । अन्य स्थानहरुमा पेट्रोलको भाउ लिटरको ९० र डिजलको ८० भारु रहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि यसको असर भारतमा पनि परेको हो ।

यो साता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ बढेर प्रतिव्यारेल ६५ डलर पुगेको छ । डलरको विनियमले पनि भाउमा असर परेको बताइएको छ । इन्धन प्रशोधन कम्पनीहरुले पेट्रोलियमको भाउ अझै बढ्ने प्रक्षेपण गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)