सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

घरेलु मैदानमा लिभरपुल स्तब्ध


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन ९, २०७७
  • 273
    SHARES

१० फागुन, काठमाडौं । मर्सिसाइड डर्बीमा एभर्टनले उत्कृष्ट खेल प्रदर्शन गर्दै लिभरपुललाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । एन्फिल्डमा लिभरपुल एभर्टनसँग हारेको सन् १९९९ पछि पहिलो पटक हो ।

एभर्टनको जीतमा रिचार्लिसनले खेलको तेस्रो मिनेटमा नै गोल गरे भने खेलको अन्त्यतिर जिल्फी सिगर्डसनले पेनाल्टीबाट गोल गर्दै एभर्टनको जीत सुनिश्चित गरे।

पराजयसँगै समान अंक लिएर लिभरपुल छैटौँ र एभर्टन सातौँ स्थानमा रहेको छ । यद्यपि, एभर्टनले एक खेल कम खेलेको छ । शनिबार नै भएको अन्य खेलमा चेल्सी साउथह्याम्पटनसँग अंक बाँड्न बाध्य बन्यो । टाकुमी मिनामिनोले साउथह्याप्टनलाई अग्रता दिलाए पनि मेसन माउन्टले दोस्रो हाफमा पेनाल्टीबाट चेल्सीका लागि बराबरी गोल फर्काए ।

योसँगै साउथह्याम्पटनले लगातार ६ खेलमा पराजयको श्रृङ्खला अन्त्य गरेको छ । बराबरीपछि चेल्सी लिगको चौथो स्थानमा रहेको छ । साउथह्याम्पटन लिगको १३ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)