सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बैशाख दोस्रो साताबाट नेपालमा पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग हुने


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १०, २०७७
  • 712
    SHARES

काठमाडौं , १० फागुन। बैशाख दोस्रो साताबाट नेपालमा पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) हुने भएको छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गरेर नेपाल सुपर लिग बैशाख ११ गतेबाट हुने जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता बैशाख २५ गतेसम्म सञ्चालन हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिगमा ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि विभिन्न ७ टिमले प्रतियोगितामा सहभागिता  जनाउनेछन् । त्यसका लागि टिम र टिम मालिकको नाम भने दुई साता भित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा सहभागि हुने टोलीले स्वदेशी र विदेशी खेलाडी राख्न पाउनेछन् । टोलीमा खेलाडी समावेश गर्न खेलाडीको छनोट अक्सनबाट हुनेछ ।

अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ । लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् भने दुई खेलाडी प्लेईङ सेटमा रहेर खेल्न पाउने आयोजकले जनाएको छ ।

खेलाडीको श्रेणी एन्फासँगको सहकार्यमा छुट्टाईने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि विजेताले पाउने रकम भने पछि सार्वजनिक गर्नेे आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)