सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ११, २०७७
  • 341
    SHARES

काठमाडौं , ११ फागुन। क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान सम्पन्न खेलमा युभेन्टसले क्रोटोनीलाई शुन्यका विरुद्ध ३ गोलको सानदार जीत निकालेको हो ।

पहिलो हाफको ३८औं मिनेटमा एलेक्सको पासमा रोनाल्डोले पहिलो गोल गर्दै अग्रता कायम गरेका थिए । पहिलो हाफकै अतिरिक्त समयमा आरोन राम्सेको पासमा रोनाल्डोले फेरी अर्को गोल थपेपछि अग्रता दोब्बर भएको थियो ।

दोस्रो हाफको ६६औं मिनेटमा वेस्टन म्याकेनीले तेस्रो गोल गरेपछि युभेन्टसले ३-० ले यो खेल आफ्नो पक्षमा पारेको हो ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा पोर्चुगिज फरवाड क्रिष्टियानो रोनाल्डो म्यान अफ द प्लेयर घोषित भए ।

यो जीतसँगै युभेन्टस २२ खेलमा ४५ अंकसहित रोमालाई पछि पार्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । पहिलो र दोस्रो स्थानमा भने क्रमशः इन्टरमिलान र एसीमिलान रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)