सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रोनाल्डोको दुई गोलमा युभेन्ट्स बिजयी


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ११, २०७७
  • 544
    SHARES

११ फागुन, काठमाडौं । साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३–० ले हरायो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । वेस्टन म्याकेनीले एक गोल थपे । खेलको ३८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्ट्सले २–० को अग्रता बनायो । रोनाल्डो लगातार १४ सिजन २५ भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।

६६औँ मिनेटमा वेस्टनले गोल गर्दै युभेन्ट्सलाई ३–० को जित दिलाए । जितसँगै युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले २२ खेलबाट ४५ अंक जोडेको छ । क्रोटोन १२ अंकसहित पुछारमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)