सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बी’ डिभिजन लिग फुटबलमा मंगलबार खुमलटार युथ क्लब र नयाँ वस्ती युवा क्लबले जित निकाले


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ११, २०७७
  • 682
    SHARES

ललितपुर , ११ फागुन।  कोभिड पछि सुचारु भएको सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मंगलबार खुमलटार युथ क्लब र नयाँ वस्ती युवा क्लबले जित निकालेका छन् ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहलिो खेलमा नयाँ वस्तीले मध्यपुर युथ एसोसियसनलाई २–१ पराजित गर्दा अर्को खेलमा खुमलटार युथ क्लबले पुलचोक स्पोर्टस क्लबलाई ५–२ को गोल अन्तरले पराजित गरेको हो ।
नयाँबस्तीको जितमा सचु गुरुङ र अबय धिमालले एक एक गोल गरे । मध्यपुरका भुपाल सिंह गुरुङले एक गोल फर्काउन सफल भएका थिए ।

मंगलबारै अर्को खदेलमा खुमलटारलाई जित दिलाउन महेश राईले दुई गोल गर्दा कप्तान सबिन केसी, आयुष घलान र मनिष शेढाईले एक एक गोल गरे ।पुल्चोकका मिन बहादुर गुरुङ र किश्मत लिम्बुले एक एक गोल फर्काए ।

जितसँगै खुमलटारले ६ खेलमा १६ अंक जोडेको छ ।पुल्चोकको ६ खेलमा १ अंक रहेको छ । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)