सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

च्याम्पियन लिग

वायर्न म्यूनिखको सानदार जीत


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन १२, २०७७
  • 977
    SHARES

काठमाडौं, १२ फागुन। च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम १६ को पहिलो लेगमा वायर्न म्यूनिखले लाजियोलाई उसैको घरेलु मैदानमा ४-१ को फराकिलो जीत निकालेको हो ।

खेलको पहिलो हाफको नवौं मिनेटमा लेवान्डोस्कीले गरेको गोलबाट अग्रता कायम गर्न सुरु गरेको वायर्नले पहिलो हाफको समाप्तीसँगै ३-० ले लाजियोलाई पछि पारेको थियो ।

दोस्रो हाफमा अर्को एक गोल खाँदै ४-० को पछि परेको लाजियोले खेलको ४९औं मिनेटमा सान्तवना गोल गरेको थियो ।

त्यसैगरी आज बिहान सम्पन्न अर्को खेलमा एट्लेटीको म्याड्रिड चेल्सीसँग स्तब्ध बन्न पुगेको छ । आफ्नै घरेलु मैदानमा एट्लेटिको म्याड्रिड चेल्सीसँग शून्यका विरुद्ध एक गोलले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा खेलेको चेल्सीले दोस्रो हाफको ६८औं मिनेटमा गोल गरेपछि यो गोल नै निर्णायक गोल बन्न पुग्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)