सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बार्यनसँग लाजियो ४-१ ले पराजित


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन १२, २०७७
  • 733
    SHARES

१२ फागुन, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा साविक विजेता बायर्नले इटालियन क्लब लाजियोलाई ४–१ ले पराजित गरेको हो ।

लाजियोको मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, जमल मुसिआला र लोरी सानेले एक/एक गोल गरे । बायर्नले एक आत्मघाती गोलको उपहार पाएको थियो । लाजियोका जोआक्विन कोरेयाले एक गोल फर्काउँदा फ्रान्सिस्कोले आत्मघाती गोल गरे ।

खेलको नवौँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २४औँ मिनेटमा जमलले गोल गर्दा बायर्नले आफ्नो अग्रता २–० बनायो । ४२औँ मिनेटमा सानेले बायर्नका लागि तेस्रो गोल गरे । पहिलो हाफमा तीन गोल गरेको बायर्नले दोस्रो हाफमा थप एक गोल गरेको थियोे । ४७औँ मिनेटमा फ्रान्सिस्कोले आत्मघाती गोल गर्दा बायर्न ४–० ले अघि रह्यो ।

त्यसपछि खेलको ४९औँ मिनेटमा जोआक्विनले एक गोल फर्काए पनि बायर्न ४–१ ले विजयी भयो । बायर्न र लाजियोबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)