१२ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडनले अमेरिकाले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको बताउनुभएको छ।
अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपतिलाई पठाएको चिठी बुझेपछि वाइडनले नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको बताउनुभएको हो।
उक्त पत्रको त्यसको जवाफमा बाइडनले दिएको जवाफबारे अमेरिकास्थित नेपाली दूतावसले भनेको छ, ‘अमेरिकी राष्ट्रपतिले साझा एजेण्डाको आधारमा नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको धारणा व्यक्त गर्नुभयो ।’
राजदूत खतिवडाले पनि अमेरिकाले नेपाललाई गरेको निरन्तर सहयोगप्रति आभार रहेको बताउनुभएको थियो।
