सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एम्बाप्पेको दुई गोलमा डिजोन पराजित


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १६, २०७७
  • 308
    SHARES

१६ फागुन, काठमाडौं । किलियान एम्बाप्पेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले लिगको पुछारमा रहेको डिजोनलाई पराजित गरेको छ । जीतसँगै पीएसजी लिग वानको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार पीएसजी ४–० गोलले विजयी बनेको हो ।

मोइस किनले माउरिसियो पोचेटिन्होको टोलीलाई अग्रता दिलाए भने त्यसपछि एम्बाप्पेले पेनाल्टीबाट टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा उनले अर्को गोल थपे । क्लबका लागि उनको यो ११३ औँ गोल थियो । माउरिसियो पोचेटिन्हो आएयता एम्बाप्पले क्लबका लागि ९ गोल गरेका छन् । खेलको अन्त्यतिर ड्यानिलोले अर्को गोल थपे ।

२७ खेलबाट पीएसजीको ५७ अंक रहेको छ । शीर्ष स्थानमा रहेको लिलको ५८ अंक रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)