सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खेलकुद पत्रकारिताको पुरस्कार खेलकुद पत्रकार कमल खत्रीलाई


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १६, २०७७
  • 333
    SHARES

काठमाडौ् ,१६फागुन।  युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिताको पुरस्कार खेलकुद पत्रकार कमल खत्रीलाई आइतबार प्रदान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रम गरेर खेल पत्रकार खत्रीलाई पुरस्कार प्रदान गरेको हो । खत्रीले नगद ५० हजारु रुपैयाँ सहित सम्मान पत्र हात पर्नुभएको छ । यस्तै विभिन्न सञ्चार माध्ययबाट खेलकुद पत्रकारिता गर्दै आएका आठ जना पत्रकारलाई प्रोत्साहन पुरस्कार पनि प्रदान गरेको छ  ।

प्रदेश अनुसार वितरण गरिएको प्रोत्साहन पुरस्कारमा प्रदेश १ बाट हाम्रो खेलकुद अनलाईका खेल पत्रकार हिमाल खरेलले हात पार्दा प्रदेश–२ बाट साप्ताहिक खेलकुद पत्रिकाका रञ्जन कुमार भण्डारी, बागमती प्रदेशबाट नागरिक दैनिकका अनिल मल्ल ठकुरी, लुम्बिनी प्रदेशबाट नेप्लेज अनलाइनका संवाददाता मुक्तिबाबु रेग्मी, गण्डकी प्रदेशबाट कान्तिपुर संवाददाता माधव प्रसाद अर्याल, कर्णाली प्रदेशबाट ब्राहखरीमा खेल पत्रकारिता गर्ने भूपेश उपाध्याय र सुदूर पश्चिमबाट खबर कुञ्ज अनलाईनमा पत्रकारिता गर्ने सिताराम ओझाले हात पारेका हुन् । यस्तै मन्त्रालयले महिला तर्फ राष्ट्रिय समाचार समिति (रासस) की  मुना कार्कीलाई प्रदान गरेको छ ।

मन्त्रालयले प्रदान गरेको प्रोत्साहन पुरस्कार नगद २५ हजार रुपैयाँ रहेको छ ।  । सम्मान हुने सबैलाई युवा तथा खेलकुद मन्त्री दावा लामाले पुरस्कृत गर्नभएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयले प्रकाशित गरेको सूचनाको आधारमा आवेदन दिएका मध्येबाट मन्त्रालयले गठन गरेको सिफारिस समितिले गरेको सिफारिसको आधारमा पुरस्कार प्रदान गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)