सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बी डिभिजन लिग


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १६, २०७७
  • 501
    SHARES

 ललितपुर , १६ फागुन। महेश राईले तेस्रो मिनेटमा गरेको गोल निर्णायक बन्दा खुमलटारले झम्सिखेल युथ क्लबमाथि आइतबार ‘बी’ डिभिजिन लिगमा साँघुरो जित निकाल्दा अर्को खेलमा मिलन लिम्बूको ह्याट्रिकबाट ब्वाइज युनियनले नयाँ वस्ती युवा क्लबमाथि ३–० को सहज जित निकालेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा खुमलटारले जारी लिगमा छैटौं जित निकालेको हो । प्रतिस्पर्धात्मक बनको खेलमा खुमलटारले पहिलो हाफमा लिएको अग्रतालाई जोगाएर महत्वपूर्ण तीन अंक लिग तालिकामा अंक जोड्न सफल भएको हो ।

रोमाञ्चक जित निकालेको खुमलटाले ८ खेलबाट तालिकामा १९ अंक बनाएकष्यो छ । यससँगै खुमलटारले शीर्ष स्थानमा एक खेल खेले अटाएको सातदोबाटोसँग अंक बराबरी गरेको छ । यस्तै पराजित झम्सीखेलको ८ खेलबाट ६ अंक छ ।

लिगकै अर्को खेलमा मिलन लिम्बूको ह्याट्रिकमा ब्वाइज युनियनले नयाँ वस्ती युवा क्लबमाथि सहज जित निकालेको हो । ह्यट्रिक गरेका मिलनले २१ औं मिनेटमा टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल थप्दै ब्वाइज युनियनलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको लिम्बूले दोस्रो हाफमा पनि निरन्तरता दिए । ५७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बाँकी समयमा थप गोल हुन सकेन र ब्वाइज युनियनले सहज जित निकाल्न सफल भयो । जितसँगै ब्वाइज युनियकनको ८ खेलबाट १४ अंक भएको छ । पराजित नयाँबस्तीको ८ खेलबाट ११ अंक छ ।

लिगमा सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेल रानीपोखरी कर्नर टिम (आरसिटी) र टुसाल क्लब तथा दोस्रो खेल सातदोबाटो युथ क्लब र श्री भगवती क्लबी बीच खेल हुनेछ । दुबै खेल एन्फा कम्प्लेक्समा हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)