सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

महान नारीको सम्मान गरौं


  • – शिव बहादुर बस्नेत
  • मङ्लबार, फाल्गुन १८, २०७७
  • 760
    SHARES

 

नारी भनेको यो संसार देखाउने आमा हो । नारी भनेको बिवाहित जोडीको लागि एक रथका दुई पाङ्गग्रा हो । नारी भनेको घर ब्यवहार चलाउने घरको लक्ष्मी हो । नारी सौन्दर्यको खानी हो । नारीलाई कुट्नु भनेको गाई कुटे बरावर पाप लाग्छ । नारीलाई हामी सबैले सम्मान गर्नुपर्छ । १ वर्षमा १ दिन मात्र सम्मान गरी दोसल्ला ओढाएर केहि धनरासीको चेक हस्तान्तरण गरेर मात्र पुग्दैन । नारीलाई ३६५ दिनमा ३६५ दिन नै सम्मान गर्नुपर्छ । बीरको तलवारलाई पनि नारीको आँसुले अलमलाई दिन्छ ।

राधाकृष्णको प्रेमको परिभाषा पनि यहि छ कि जसले नारीलाई प्रेम गर्छ, सम्मान गर्छ त्यो व्यक्ति देखि भगवान खुसी हुन्छन् । राधा र कृष्णमा भेद छैन । संसारमा लिला गर्नको लागि दुई रुप बनेका हुन् । संक्षेपमा गोपी प्रेम भनेको निःस्वार्थ भगवान श्रीकृष्ण प्रतिको प्रेम हो । सयमा सय प्रतिशत कृष्ण भगवानको सुखको लागि मात्र प्रेम गर्ने आफ्नो सुख सपनामा पनि नचाहने । त्यसैले शंकर भगवान गोपीको चरणधुली मेरो शिरमा लगाउन पाए म धन्य हुन्छु भनेर भन्छन् । जुन घरमा नारी रमाउँछिन् त्यहाँ देवताको वास हुन्छ । भगवान श्रीकृष्णले गीतामा नारीहरुमा किर्ति, श्री, मधुर वचन, स्मृति, मेधा, धृति एवं क्षमा मै हुँ भनेका छन् भने आफ्नो प्रमिका राधाको खुब तन मनले सेवा गरेका थिए ।

नारीलाई दुव्र्यवहार गरी हिजोआज बलात्कार जस्तो अपराध गरिरहेका छन् जुन कुरो साह्रै नै निन्दनिय छ यो कुराको जति नै निन्दा गरेपनि पुग्दैन । यस्ता अपराधीलाई कानूनले पनि कडा भन्दा कडा सँजाय दिन सक्नुपर्छ । निर्दोष पर्नु हुँदैन । सरकारको तर्पmबाट नै नारीहरुलाई कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भनेर प्रभावकारी कदम चाल्नुपर्छ भने घर परिवारबाट आमाबुवाले पनि छोरीहरुको विषयमा चिन्ता, सुरक्षा लिएकै हुन्छ । नारीले नै चक्रवर्ति राजा, विर पुरुषहरु जन्माउँछिन् । आमा भनेको पृथ्वी हो भने बुवा भनेको आकाश हो । कस्तो पृथ्वी जस्तो सहनशिल भनिन्छ नि ऊ आमा नै हो । बुवालाई आकाश जस्तो महान भनिन्छ । शिव र पार्वतीको अर्धनारीश्वर रुपको अर्थ पति पत्नीको प्रेम रुप हो । पचास प्रतिशत श्रीमानले श्रीमतीलाई माया गर, पचास प्रतिशत श्रीमतीले श्रीमानलाई माया गर भन्ने हो ।

अब यो संसारमा बैज्ञानिकहरुले यस्तो प्रविधिको आविष्कार गर्नुपर्छ कि छोरीले लगाएको कट्टु कुनै दोस्रो व्यक्तिले त्यस कट्टुमा छुने वित्तिकै ठूलो स्वरमा बज्ने हुनुपर्छ । अथवा यस्तो कट्टुको आविष्कार होस् छोरीलाई त्यो कट्टु लगाई दिएपछि ताल्चा मार्ने जुन साँचो आमा बुवासँग होस् र पिसाफ फेर्दा ताल्चा खोल्न नपर्ने होस् । फलामको घर भित्र बस्दा पनि बाहिरबाट गोली हान्दा त्यो फलामको पर्खाल भित्र छिरेर भित्र बसेको व्यक्तिलाई गोली लाग्ने बन्दुक बनाईसकेको अवस्थामा ती माथीका हरफलाई ध्यान दिएर बलात्कार भन्ने घटना नै संसारबाट सदाको लागि हराउने थियो ।

शास्त्रले ब्याख्या गरेको नारीको बत्तीस लक्षण ः १. पद्यासनमा बस्दा वृत्ताकार गोलो आसनमा देखिनु । २. हातका औंला लामा–लामा हुनु । ३. औलाका कापमा छाला केही बढी र जोड्दा टम्म मिलेका हुनु । ४. छाला नरम हुनु र उमेर ढल्किएको अवस्थामा पनि युवावस्थाको जस्तै तेज हुनु । ५. शरीरमा विभिन्न थरीका सात सुगन्ध हुनु । ६. हरिणका जस्ता गोडा हुनु । ७. गुप्ताङ्ग गुप्त रहनु । ८. शरीरको माथिल्लो भाग सिंहको भैंm सलक्क मिलेको हुनु । ९. शरीरका अंग सुगठित हुनु । १०. काँध पुष्ट, चौडा र गोलो हुनु । ११. पाखुरा राम्रोसँग फर्कने हुनु । १२. लामा पाखुरा हुनु । १३. सम्पूर्ण शरीर तेजोमय हुनु । १४. शंखजस्तै घाँटी हुनु । १५. सोझो र सिंहको जस्तो चिउँडो हुनु । १६. बत्तीसवटा दाँत हुनु । १७. दाँत चम्किला हुनु । १८. समान र टमक्क मिलेका दाँत हुनु । १९. स्वच्छ र सुन्दर बंगारा हुनु । २०. लामो जिब्रो हुनु । २१. सानोभन्दा सानोसम्मका विभिन्न स्वाद लिने क्षमता हुनु । २२. भँगेराको जस्तो स्वर हुनु । २३. ब्रम्हाको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु । २४. आँखीभौंका वीचमा कोमल र सुक्ष्म रेखा हुनु । २५. आँखीभौ नीलकमलको रंगजस्ता हुनु । २६. मिलेको केश हुनु । २७. अकबरी सुनजस्तै प्रदिप्त शरीर हुनु । २८. प्रवल र प्रभावशाली ब्यक्तित्व हुनु । २९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौं हुनु । ३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनु । ३१. स्तन, नितम्ब, कम्मर आदि सबै शारीरिक लक्षण आकर्षक हुनु । ३२. दुढ स्वभाव हुनु ।

नारी भनेको शक्ति हो । देवीभागवतको प्रसंग जोडे एकचोटी महादेव र विष्णु भगवानले ठूला ठूला दानवलाई मारेर आ–आफ्नो लोक जानुभयो र कैलाशमा महादेवले र विष्णुलोकमा विष्णुले क्रमशः पार्वती र लक्ष्मीलाई तिमीहरुले ठूलो पुरुषार्थी लोग्ने भेट्टाएछौ भनेर भने त्यसो भन्ने बित्तिकै भगवानलाई पनि घमण्ड चलेछ भनेर लक्ष्मी र पार्वती अन्र्तध्यान भईन त्यसपछि पालनकर्ता विष्णु र संहारकर्ता महादेवको शक्ति नै हरायो शक्ति हराएपछि ती दुबैले केहि काम गर्न नसक्ने लुम्रे र झुम्रे भए । ऋृषिले साठी हजार वर्ष तपस्या गरेपछि देवी प्रकट भएर वरदान माग भन्दा विष्णु र महादेव पहिलाको जस्तो काम गर्न सक्ने शक्ति प्राप्त होस् भनेर भने त्यसपछि देवीले तथास्तु भनिन् म आउन त आउँछु तर पहिलाको जस्तो घमण्ड नगर्नु है भनेर सुनाउनु भनिन् । त्यसपछि अन्र्तध्यान भएको लक्ष्मी र पार्वती प्रकट भईन त्यसपछि विष्णु र महादेवमा पहिलाको जस्तै शक्ति प्राप्त भयो ।

द्रौपदीको अपमानको कारणले महाभारतको युद्ध भयो । सीताको अपमानको कारणले श्रीरामले रावणलाई मार्नुप¥यो । यो घटना लोकशिक्षाको लागि भगवानले लीला गरेका हुन् । त्यसकारणले नारीको सधैं सम्मान गर्नुपर्छ । नारी बेश्या नै भएपनि सम्मान गर्नुपर्छ किनकी ती नारी कसैको आमा हो, कसैको दिदी हो, कसैको बहिनी हो । हामीले अरुलाई हेर्दा दायाँ आँखाबाट सम्मान, बायाँ आँखाबाट प्रेमभावले हे¥र्यौ भने न कसैको अपमान गर्नुपर्छ न कसैको तिरस्कार गर्नुपर्छ, कुनै कुरामा पनि झगडा हुने कुरै भएन । जताततै शान्ति पैmलिन्छ । सम्पूर्ण प्राणीहरुको जय, कल्याण होस् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }