सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकालाई सन्चो छैन – कविता


  • -गोविन्द गिरी प्रेरणा
  • बिहिबार, फाल्गुन २०, २०७७
  • 1.4K
    SHARES

अमेरिकालाई सन्चो छैन

प्रिय ! मलाई त सन्चै छ
अमेरिकालाई सन्चो छैन !

दुनियांलाई बाटो देखाउने अमेरिका
बाटो विराएर अलमलमा छ
दुनियांलाई उपदेश दिने अमेरिका
आज उपदेश सुन्न विवस छ
मृत्युका खवरले
मिडिया चुर्लुम्म डुवेको छ
बांच्ने मान्छेलाई वासको भन्दा
मर्ने मान्छेलाई चिहानको अभाव छ
प्रिय ! मलाई त सन्चै छ
अमेरिकालाई सन्चो छैन !

दोकानहरू सुकेका छन्
अफिसहरू ताला लागेका छन्
डराउने मान्छेहरू
भागी भागी दौडेका छन्
मास्क लाउनेहरू
मास्क लाएर डराएका छन्
मास्क नलगाउनेहरू
मास्क नलगाएर डराएका छैनन्
के भएको हो
बुझ्न पटक्कै सकिएको छैन
प्रिय ! मलाई त सन्चै छ
अमेरिकालाई सन्चो छैन !

राज्यहरू चिसिएका छन्
बत्ती गएको छ
पानी बन्द भएको छ
चुलो बन्द भएको छ
ब्याट्री चार्ज सकिएर
मोबाइल फोन बन्द भएको छ
हिउॅंले छोपेको छ
सडक, गाडी, जमिन जताततै
सलाईको कांटी कतै छैन
यो दुर्दशाका लागि
दोषी को हो पत्तो छैन
अवसरको स्वर्गमा यो के भयो
प्रिय ! मलाई त सन्चै छ
अमेरिकालाई सन्चो छैन !

 

-गोविन्द गिरी प्रेरणा

 फल्स चर्च, भर्जिनिया, अमेरिका !

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)