काठमाडौं,२२ फागुन। पर्यटन ब्यबसायी स्वर्गीय आङछिरिङ स्मृति गल्फ प्रतियोगिता आज काठमाडौंमा सम्पन्न भयो।
प्रतियोगतामा स्वर्गीय आङछिरिङ स्मृति गल्फ प्रतियोगिताको पुरुषतर्फको उपाधि सुनिल कार्कीले जिते भने महिलातर्फको उपाधि काष्मिरा शाहले जितिन्।
६० वर्षमाथिका खेलाडीहरुमा प्रदिपकुमार श्रेष्ठ विजयी भएका थिए। प्रतियोगितामा अन्य ईभेण्टका बिजेतालाईपनि पुरस्कृत गरिएको थियो।
आजको सबैभन्दा आकर्षक पुरस्कार किया सोनेटकार पुरस्कार थियो। होल ईनवान ईभेण्टमा करिब १ सय मिटर परबाट होलमा बल छिराएर सुमन जोशीले जिते।
किया मोटरले यो पुरस्कारको प्रायोजन गरेको थियो। खेलाडी जोशीले यसअघि पनि होलईन गरेर बल छिराएका थिए। तर कार पुरस्कार पाएका थिएनन्। प्रायोजक सुह्द घिमिरेले पनि केही वर्षअघि दक्षिण कोरियामा होलईनवान ईभेण्टमा होलमा बल छिराएर कारनै पुरस्कार पाएका थिए।
दुई दिनसम्म संचालन भएको प्रतियोगितामा बिजयी हुने खेलाडीहरुलाई आज गोकर्ण बन रिसोर्टमा आयोजित एक कार्यक्रमा पुरस्कार प्रदान गरियो
प्रतियोगिताका बिजयीहरुलाई यती समूहका अध्यक्ष ल्हाक्पा शोनाम शेर्पा, यति एयरलाईन्स र तारा एरका म्यानेजिङ डाईरेक्टर चन्दा राई शेर्पा, यति एयरलाईन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल ,गोकर्ण गल्फ क्लबका अधयक्ष सुह्द घिमिरे लगायतले पुरस्कार प्रदान गर्नु भएको थियो ।
त्यसबखत शान्ति सेवागृह र वर्ल्ड भिजन नामक संस्थालाई सामाजिक सेवाकालागि जनही १ लाख ६० हजार रुपैंया सहयोग प्रदान गरिएको थियो। स्वर्गीय आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता आगामी वर्षदेखि पश्चिम हुंदै पूर्वका पर्यटकीय र एतिहासिक स्थानमा आयोजना गरिने जानकारी आयोजकले दिएको छ।





