मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगितामा चन्द्र र रमिसा उत्कृष्ट


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २३, २०७७
  • 499
    SHARES

काठमाडौं, २३ फागुन। बक्समान्डुका चन्द्र तामाङ र आरडीएसकी रमिसा श्रेष्ठ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् । चन्द्र पुरुष र रमिसा महिलातर्फ उत्कृष्ट बनेका हुन् । चन्द्रले मोटरसाइकल र महिलातर्फकी उत्कृष्ट खेलाडी रमिसाले स्कुटर प्राप्त गरे । शनिबार भएको पुरुष ६९ केजी तौल समूहको फाइनलमा चन्द्रले आरडीएसका करणसिंह ठकुरी र महिला ४८ केजीमा रमिसाले नक्सालकी सुस्मिता तामाङलाई हराउँदै स्वर्ण जितेका थिए ।

महिला ५१ केजीमा नक्सालकी रोशनी राईले बोसिगाउँकी हरिना ऐरलाई हराउँदै स्वर्ण जित्दा महिलाकै ५४ केजीमा थानकोटकी सुशीला ब्लोनले आरडीएसकी सदीक्षा मगरलाई स्तब्ध बनाउँदै पहिलो स्थान हात पारिन् ।  ५७ केजीमा रामेछापकी डोल्मा तामाङले नक्सालकी शिवानी श्रेष्ठ,  ६० केजीमा बक्समान्डुकी डिचेन शेर्पाले रसुवाकी सजिता चौधरी र ६४ केजीमा बक्समान्डुकी हेमा राईले नक्सालकी अम्बिका गहतराजलाई पराजित गर्दै स्वर्ण जिते ।

पुरुषको ४९ केजीमा नुवाकोटका मोहन गुरुङले काभ्रेका धमेन्द्र राईलाई पराजित गर्दै पहिलो भए । ५२ केजीमा कोट्स्य भैरवका सुमन नेपालीले बक्समान्डुुका वाङ्दी शेर्पालाई स्तब्ध बनाउँदा पुरुषकै ५६ केजीमा कोट्स्य एचटुओका बुद्ध लामाले भैरवका प्रशान्त लामा र ६० केजीमा बक्समान्डुका गणेश थापाले नक्सालका मौसम रानालाई पराजित गर्दै स्वर्ण जिते ।

यसैगरी पुरुषको ६४ केजीमा ललितपुरका सनिल शाही पहिलो भए । उनले प्लाटिनमका अश्विदेव श्रेष्ठलाई पराजित गरे । पुरुषकै ७५ केजीमा रेजका कोसिस श्रेष्ठले कोट्स्य भैरवका रूपक नेपाली तथा ८१ केजी तौलसमूहमा तारकेश्वरका केशर खत्रीले मेघदूतका कृष्णराज गिरीलाई पाखा लगाउँदै स्वर्ण जिते ।

प्रतियोगिताका हरेक तौलसमूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । विजेतालाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेतलगायतले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)